Techie IT
७ असार २०७८, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,भाद्र ४

मोरङ, १४ वर्षीया बालिकालाई जबजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-७ बस्ने १९ वर्षीय अभिषेक राजबंशीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अभिषेकले ती बालिकालाई ललाई फकाई स्थानीय मलामी घाट नजिक लगेर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २१ वर्षीय चन्द्रराम बिकलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चन्द्ररामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जयनगर र ईलाका प्रहरी कार्यालय बानियाँभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्