Techie IT
बुधबार, मंसीर १०,२०७७

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ


काठमाडौं,भाद्र ४

प्रहरीलाई हातपात गरेको अभियोगमा चौरजहारी नगरपालिका-३ टाटागाँउ बस्ने २१ वर्षीय टिकाराम ओलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-८ बस्ने एक महिलालाई स्थानीय केटाहरुले हातपात गरेको भन्ने जानकरी प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिने क्रममा ओलीले प्रहरीलाई कोदालोले प्रहार गरेपश्चात कोदालो सहित उनलाई पक्राउ गरेको हो ।

कोदालो प्रहारबाट घाइते भएका एक जना प्रहरी हवल्दारको स्थानीय मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्