Techie IT
शनिबार, असोज १०,२०७७

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं,भाद्र ४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पबित्रालाई पक्राउ गरेको हो । साथै उनका पती श्रीमान सुनिल भन्ने २७ वर्षीय फुल बहादुर तामाङ हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

रौतहट, वृन्दावन नगरपालिका-२ बनौलीदेखि महुअवा हर्षाहा जाने सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित गरुडा नगरपालिका-९ गढीटोल बस्ने ४५ वर्षीय कन्न सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरीले बा.११ प ९५०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१६ गणतन्त्र चोक बस्ने ३४ वर्षीय किरण धिमाललाई करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्