तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं,भाद्र ४
चितवनको भरतपुर महानगरपालिका-११ अमरचोक बस्ने २४ वर्षीय सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खेलिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्