Techie IT
आईतबार, फागुन १६,२०७७

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा  २ जना घाइते


मोरङ ।

मोरङको रंगेली नगरपालिका ४ चोप्राहमा आज मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा  २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक भारत घर भएका ३० वर्षीय दिपक मण्डल र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १७ वर्षीय किसन कुमार मण्डल रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रंगेली अस्पतालबाट थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाइएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भइ सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको हो । मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्