Techie IT
आईतबार, फागुन १६,२०७७

ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइलमा सवार दुई जना गम्भिर घाइते


अछाम ।

अछामको ढकारी गाउँपालिका एकमा आज ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइलमा सवार दुई जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ३३ वर्षीय येगेन्द्र बहादुर शाही र सोही ठाउकी ४० वर्षीया अम्बिका शाही रहेका छन् । घाइतेहरुलाई उपचारको लागी नेपालगंज तर्फ पठाईएको छ । सुदुरपश्चिम प्रदेश ०८ ००२ त ४०७२ नम्बरको ट्याक्टरले बालुवा खाली गर्ने क्रममा लु ३८ प २५१ नम्बरको मोटरसइकल आज बिहान साढे ११ बजे ठोकिएको प्रहरी चौकी ढकारीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्