Techie IT
मंगलबार, फागुन १८,२०७७

चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी


सङ्खुवासभा ।
चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी भएको छ ।

चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भउको छ । त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगो चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरुल नियन्त्रणका लिउको छ ।

यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । ट्याङ्करबाट बाट आयल हाल्दा आगजनी भउको भनिएता भन्दा पनि कुनै ठोस कारण खुलेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्