Techie IT
बिहीबार, फागुन १३,२०७७

सेयर बजार परिसुचक २५ सय ८६ अंकमा

२१ अंकले बजार घट्दा आठ अर्ब ५६ करोडको सेयर खरिद बिक्री


काठमाडौँ ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३२ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुुन २१ दसमलव १६ अंकले ओरालो लागेर २५ सय ८६ दसमलव ५१ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुुई दसमलव ४१ अंकले ओरालो लागेर चार सय ६७ दसमलव ९४ अंकमा झरेको छ ।

आज १२ वटा उपसमुह अन्र्तगत कुुल दुुई सय पाँच वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ८३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये टे«डिङ उपसमुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त सहितका ११ वटा समुहको सुचक भने ओरालो लागेकाछन ।


क्याटेगोरी : समाचार, वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्