कैद मिनाहा काण्डमा गृहसचिव न्यौपाने मालामाल !

काठमाडौँ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा गंभीर अपराधका कैदीलाई कैद मिनाहा गराएर गृहसचिव महेश्वर न्यौपाने मालामाल भएका छन् । प्रजातन्त्र दिवसका अवसरमा यस वर्ष ५८० जना कैदीलाई कैद मिनाहा दिएर छाढिएको छ । ती मध्ये २६१ जना कर्तव्य ज्यान मुद्दाका कैदी छन् ।
अन्यमा सवारी ज्यान मुद्दाका १२० जना,वहुविवाहका ८४ जना, डाका चोरीका ५२ जना र विविध मुघाका ३ जनाले कैद मिनाहा पाएका छन् । यिनीहरु मध्ये पनि १५ जनाले कैद मिनाहा होइन, आम माफी पाएका छन् । सिराहाका अशोक यादव र अमरेन्द्र यादव ज्यान मुद्दाका फरार अपराधी थिए । तर उनीहरुलाई आम माफी दिइएको छ । अदालतले उनीहरुलाई जन्मकैद तोकेको थियो ।
उनीहरुसँगै जन्म कैद तोकिएका सुरेन्द्र यादव र राम विलास यादवले जेल सजाया भोगिरहेका थिए । सिराहाकै सत्तारुढ नेकपाका सांसद दीलिपकुमार साह वहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरेर कैद सजाय तोकेका व्याक्ति हुन । उनले पनि पक्राउ नपदै आममाफी पाएका छन् । दाङका कुशलराम चौधरी,शेरबहादुर चौधरी हरिप्रसाद सेरपाईली र रोमीलाल चौधरी ज्यान कर्तव्य मुद्दाका दोषी थिए ।
अदालतले कैद तोकेपनि उनीहरुले जेलनै नपुगी आम माफी पाएका छन् । दाङका युवराज सुवेदी,मदन परियार र शिवराज गिरी पनि व्याक्ति हत्याकै दोषी थिए । उनीहरुले पनि आम माफी पाए । सिराहाका ३ र दाङका ४ जना गरी सात जनाले अदालतको फैसलाअनुसार एक दिनपनि जेलनै नगई फरार रहेकै अवस्थामा आममाफी पाएका छन् । चाल चलन सुधार भएका र कम्तिमा आधा कैद भुक्तान गरेका कैदीको वाँकी कैद सजाय मिनाहा गर्ने गरिन्छ तर गृहसचिव न्यौपानेले एक दिन पनि कैद सजाय नभोगेका फरार अपराधी समेतलाई आममाफी दिन सिफारिस गरेर राष्ट्रपतिबाट आम माफी दिलाएको पाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्