Techie IT
आईतबार, फागुन १६,२०७७

जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको घरबाटै अपहरण गरेको भन्दै आन्दोलन


जनकपुर ।

जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको घरबाटै अपहरण अपहरण गरेको भन्दै आन्दोल गरिएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखापरेको प्रदेश प्रहरी प्रमुखले जनाएको छ ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले भने, “घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको छ ।”

स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवाद समेत भएको स्थानीयहरु बताउँछन्। झा दम्पतिको अपहरण भएको खबर पाएलगत्तै स्थानीयहरु जनकपुरधाम भिठामोड सडकखण्डमा चक्का जाम गरेका छन्।

दुवैको पत्तो नलागेसम्म चक्काजाम जारी राख्ने स्थानीयहरुको चेतावनी छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्