Techie IT
बिहीबार, फागुन १३,२०७७

विप्लव गतिविधिको समीक्षा गर्दै सकियो सुरक्षा परिषद बैठक


काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्दै मंगलबार बसेको सुरक्षा परिषदको बैठक सकिएको छ ।बैठकमा प्रधानमन्त्री , रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सहभागी रहेको जनाइएको छ । परिषदको सदस्यमा परराष्ट्रमन्त्री पनि सदस्य रहने व्यावस्था रहेको भए पनि मंगलबारको परिषदको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति नरहेको स्रोतले जनाएको छ ।

सिंहदरबारको रक्षा मन्त्रालयस्थित सुरक्षा परिषदको सचिवालयमा बसेको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

साथै प्रधानमन्त्रीले गरेको संसद विघटनका विरुद्धमा परेका मुद्दामाथि चलेको बहसको फैसला हुने समय नजिकिदै आएको र यसको पक्षमा वा विपक्ष जुन परिणाम आए पनि देश अशान्ति हुने स)भावना रहेकोले त्यसमाथि मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाउनका लागि पनि यो बैठक बसेको रक्षा स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्