Techie IT
बिहीबार, फागुन १३,२०७७

महान्यायाधिवक्ता खरेलले राजीनामा नदिएको पुष्टि


काठमाडौं ।

महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफ्नो पदबाट राजीनामा नदिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ताको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित गरेकोप्रति ध्यानाकर्षण गराउँदै महान्यायाधीवक्ता खरेल नियमित कार्यालयमा आएर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा महान्यायाधीवक्ता खरेलले राजीनामा दिनु पर्ने कुनै कारण नभएको र राजीनामा गर्ने वहाँको सोंच पनि नभएको जनइएको छ ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्