Techie IT
बिहीबार, फागुन १३,२०७७

केका लागि बोलाए त प्रधानमन्त्रीले आकश्मिक सुरक्षा परिषदको बैठक ?


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आकश्मिक रुपमा सुरक्षा परिषदको बैठक बोलाएका छन्। देशमा कुनै पनि गम्भीर चुनौती देखा पर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाउने व्यावस्था भए बमोजिम मंगलबार सुरक्षा परिषद बस्न लागेको हो । सोमबार बेलुका केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संसद विघटनविरुद्ध भएको बहसको फैसला जुनसुकै बेला पनि हुन सक्ने बताएपछि विघटनको मुद्दा सदर वा बदर जे भए पनि आन्दोलन भड्किन सक्ने र त्यसको परिणामले हिंसाको रुप पनि लिन सक्ने अनुमान सुरक्षा विज्ञहरुले गरिरहेका बेला प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएको जनाइएको छ ।

सोमबार प्रधान सेनापति र प्रधानन्यायाधीशको भेट वार्ता र मंगलबारको सुरक्षा परिषदको आकस्मिक बैठक बस्नुले राजनीतिक बृतमा थप चासो र अडकल बाजी चल्न थालेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्