Techie IT
शुक्रबार, असोज ९,२०७७

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं, भाद्र ३

कपिलवस्तुको शिवराज नगरपालिका-१ पहिरा खोलास्थित पूर्व-पश्चिम राजमार्गमा ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय जमुना खटिकको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्