Techie IT
सोमबार, असोज १२,२०७७

‘जसुदा प्रधान स्मृति पुरस्कार’ शर्मालाई


काठमाडौं, भाद्र ३

यस वर्षको जसुदा प्रधान स्मृति पुरस्कारबाट नागरिक दैनिकका पत्रकार भाषा शर्मा सम्मानित भएकी छिन् । ‘महिला सम्पादक भएका म्यागेजिन निरन्तरतामा चुनौती’ विषयमा शोध गरेबापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्यले प्रशंसापत्रसहित रु २५ हजार राशिको उक्त पुरस्कार शर्मालाई प्रदान गरेको राससले जनाएको छ ।

त्यस अवसरमा उनले ‘ऋचा’ र ‘ अस्मिता’ जस्ता नारीप्रधान म्यागेजिनले महिलाका सशक्त कलमबाट प्रस्फुटित समाचार र विचारले समग्र समाजका साथै सञ्चार जगत्लाई लाभान्वित तुल्याएको तर कालान्तरमा ती बन्द भएका यथार्थ सुनाउँदै पत्रकारितामा नारी जगत् अझै सशक्त हुने वातावरण नबनेको विचार व्यक्त गरेका थिए।

जसुदा प्रधान स्मृति कोषका अध्यक्ष पुष्पराज प्रधानले पुरस्कार लेनदेन जस्तो भइरहेको अहिलेका अवस्थामा नयाँ काम गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शर्माको शोधलाई यस वर्षको पुरस्कार प्रदान गरिएको बताए।

साप्ताहिक ‘संरचना’का सम्पादक जसुदाले उक्त साप्ताहिकका साथै ‘पिपल्स रिभ्यू’ अङ्ग्रेजी साप्ताहिकका माध्यमबाट तीन दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई चिरस्थायी तुल्याउन कोष स्थापना गरी पुरस्कारको व्यवस्था गरिएको होे । उनको २०६७ साउनमा निधन भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्