Techie IT
सोमबार, असोज १२,२०७७

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण, २८ हजार ९ सय ३८ पुगे संक्रमित !


काठमाडौं,भदौ ३
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ६ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना गरी उपत्यकामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। त्यसैगरि विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो सँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्