Techie IT
बिहीबार, कात्तिक ६,२०७७

डुबेर मृत्यु


काठमाडौं, भाद्र ३

धनुषा, जनकपुर उपमहानगरपालिका-१७ बस्ने रामहृदय ठाकुर बरहीकी छोरी ६ वर्षीया रितु कुमारी ठाकुरको उनकै घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

यसैगरी शहिदनगर नगरपालिका-५ बस्ने रामनन्दन कापडकी ३ वर्षीया छोरी शिवानी कापडको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको छ । हंसपुर नगरपालिका-१ भगवानपट्टी मामाघर आएकी शिवानीको बाटो बनाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ बिनयी खोलामा डुबेर बिनयी त्रिबेणी गाउँपालिका-२ बस्ने ४१ वर्षीय अर्जुन गुरुङको मंगलबार मृत्यु भएको छ ।

माछा मार्न गएका गुरुङ उक्त खोलामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला पारेको हो ।

दार्चुला, मार्मा गाउँपालिका-२ लटिनाथ बस्ने १६ वर्षीय अशोक बिष्टको उनकै घर नजिकैको चौलानी नदीमा डुबेर मंगलबार मृत्यु भएको छ ।

नदीमा नुहाउने क्रममा बिष्ट डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बैतडी डिलासैन गाउँपालिका-२ मटेस्थित नदीको किनारामा उनको शव फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्