Techie IT
शुक्रबार, असोज ९,२०७७

सहकारीद्वारा ३३ लाख बराबरको ब्याज छुट


कञ्चनपुर, भदौ ३
कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई करिब ३३ लाखबराबरको ब्याज रकमका छुट गरेको छ ।कोभिड–१९ कोे विषम परिस्थितिलाई मध्यनजर गर्दै सहकारीले आफ्ना सदस्यलाई सहुलियत प्रधान गरेको हो । सहकारीले सदस्यहरुलाई सहुलियत दिनुका साथै विभिन्न सात किसिमका राहत कार्यक्रम समेत सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले जानकारी दिए । उनले लकडाउनको समयमा ३२ लाख ९७ हजार ८ सय ९२ रुपैयाँ ब्याज मिनाहा छुट गरेको जानकारी दिए ।

साथै कञ्चनपुरका सम्पूर्ण स्थानीय निकायहरूलाई तीन लाख ३० हजार रुपैयाँको राहत तथा विपन्न वर्गलाई वडा कार्यालयमार्फत ६१ हजार पाँच सय बराबरको खाद्यान्न वितरण गरेको उनले बताए । साथै कोभिड १९ ले प्रभावित भएका सदस्यहरुको व्यवसाय पुनस्र्थापनको लागि एक वर्षको अवधिका लागि सहुलियत १३ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न १० करोडको व्यवस्था समेत गरिएको उनले बताए ।

यसैगरी एक लाख १० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री साबुन, सेनिट्राइजर, मास्क २ सय ७२ घरपरिवारलाई वितरण गरिएको उनले जानकारी दिए । छ हजार नौ सय ४० किलोग्राम धानको बीउ सदस्यलाई ५० प्रतिशत अनुदानमा र तीन हजार दुई सय ५० किलोग्राम निःशुल्क सदस्यहरुको घरदैलोमै उपलब्ध गराउनुका साथै वर्षे धानखेतीका लागि रासायनिक मलखाद समेत उपलब्ध गराइएको चन्दले बताए ।

किसानलाई मध्यनजर गर्दै सहुलियत दरमा आधुनिक कृषि यन्त्र उपलब्ध गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपर धानजोन कञ्चनपुरको सहयोगमा आफ्नै कष्टम हायरिङ्ग सेन्टरको स्थापना गरिएको उनले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्