Techie IT
बुधबार, कात्तिक १२,२०७७

गल्याङका दलित समुदायलाई आरन व्यवस्थापनका लागि मेसिन हस्तान्तरण


गल्याङ, भदौ ३
स्याङ्जाको गल्याङ नगरपालिकाभित्रका आरन सञ्चालक दलित समुदायहरुलाई आधुनिक आरन व्यवस्थापनका लागि हाते मेसिन (हेण्ड ब्लोर) वितरण गरिएको छ ।गल्याङ नगरप्रमुख भूपराज अधिकारीले मंगलबार नगरपालिकाकाभित्रका विभिन्न दलित समुदायहरुलाई आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गरेका हुन् । हाते मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबै काममा अब आधुनिकता आउनुपर्ने बताए ।

परम्परागत तरिकाले आरन व्यवसाय सञ्चालन गर्दा कष्ट व्यहोर्नुपरेको भन्दै उनले आधुनिकीकरणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सबै वर्ग, क्षेत्र, लिङ्ग र जातिका समुदायलाई माथि उकास्नु अहिलेको आवश्यकता रहेको भन्दै नगरप्रमुख अधिकारीले आफ्नो अधिकारप्राप्तिका लागि अझै जागरुक हुन सुझाव दिए । मेसिन वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष रामवीर गुरुङको पनि सहभागिता थियो । गल्याङ नगरपालिकाभित्रका १७ जना आरन सञ्चालकहरुलाई यो मेसिन हस्तान्तरण गरिएको स्टोर शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्