Techie IT
मंगलबार, मंसीर १६,२०७७

कौडा खेलिरहेको अवस्थामा पक्राउ


काठमाडौं, भाद्र ३

सिरहाको धनगढीमाई नगरपालिका-१३ भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहान नगरपालिका-११ बस्ने ५५ वर्षीया विजय कुमार महतो समेत १२ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३० वर्षीय मदन बहादुर राईको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय गोलबजार र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १६ थान कौडा, ३ लाख ६३ हजार ६ सय ४० नेपाली रुपैयाँ, ४ हजार ८ सय १० भारतीय रुपैयाँ, १४ थान मोबाइल, ४ लाख ४८ हजार ३ सय ७३ रुपैयाँको हस्ताक्षर गरेको बैंक चेक समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्