Techie IT
शनिबार, फागुन १५,२०७७

राष्ट्रिय झण्डा जलाउने गायकसहित नौ जना पक्राउ


काठमाडौं,भदौ ३
नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।

सोमबार मङगोल हपु नामक युट्युब च्यानलबाट सार्वजनिक भएको देशद्रोही नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो। त्यसको चौतर्फी विवाद भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो।उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान हुनेछ । घटनामा संलग्नह नौ जनालाई  अनुसन्धान गर्न महानगरीय प्रहरी परिसरमा पठाइएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्