Techie IT
१९ मंसीर २०७८, आईतबार

राजदूत क्वात्रा अपर्झट दिल्ली प्रस्थान !


काठमाडौं,भदौ ३
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा रिपोर्टिङ गर्न दिल्लीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई अपर्झट बोलाएपछि चारजना सहयोगीका साथ उनी सडकमार्गबाट बुधबार उनी दिल्लीका लागि प्रस्थान गरेका छन् । राजदूत क्वात्रा विहान नागढुङ्गाबाट बाहिरिएका छन । उनी भैरहवा सुनौली नाकाबाट भारत प्रवेश गरेर दिल्ली जान लागेका हुन ।

उनी आगामी ६ गते नेपाल फर्किने बुझिएको छ । नेपालको पछिल्लो राजनितीक घटनाक्रमको रिपोर्टिङ गर्न दिल्लीले बोलाएपछि उनी हिजो मध्यान्ह व्याकडोरबाट माधव नेपालको निवास कोटेश्वरमा पसेका थिए र लामो भलाकुसारी गरेर दुतावास फर्किएका थिए । दूतावासमा केही समय आराम गरेपछि उनी साझँ ५ बजेपछि प्रचण्डसँग परामर्श लिन खुमलटार पुगेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो रिपोर्ट र प्रचण्ड माधव नेपालको प्रस्ताव बोकेर राजदूत क्वात्रा दिल्लीको लागि प्रस्थान गरेको बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्