एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद
काठमाडौं,भाद्र ३
झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ सुखानी खोलाको बगरबाट साउन २ गते एपीएफ टोलीले करीव ४१ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।
सोही ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।बरामद काठ सव डिभिजन वन कार्यालय माईमा बुझाईएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्