Techie IT
मंगलबार, असोज १३,२०७७

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद


काठमाडौं,भाद्र ३

झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित नक्कलबन्द सीमा ईलाकाबाट साउन १ गते एपीएफ टोलीले करीव छ लाख ९० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

सो ठाउँमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको किराना सामान, युरिया मल र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश नक्कलबन्दबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ तरही स्थित सीमा ईलाकाबाट साउन १ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

ज १० प २७०३ नम्बरको मोटरसाईलकमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा उक्त मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २ गते करीव एक लाख ७६ हजार रुपैयाँ बराबरको मोवाईलको पार्ट्स बरामद गरेको छ ।
वोवारिसे अवस्थामा रहेको उक्त मोवाईलको पार्ट्स एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ बनगाउँ ईलाकाबाट बरामद गरेको हो ।बरामद सामान भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्