एपीएफ टोलीद्वारा चरेश बरामद

काठमाडौं,भाद्र ३
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका २ दसौता स्थित सीमा ईलाकाबाट हिजो एपीएफ टोलीले करीव २० के.जी. चरेश बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला उक्त चरेश लौजाने व्यक्ति गस्तीमा खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै सो चरेश छाडी भागी फरार भएका थिए ।बरामद चरेश स्थानीय प्रहरीमा बुझाईएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्