मृत अवस्थामा फेला

काठमाडौं,भाद्र २
काठमाडौं महानगरपालिका-८ पशुपति वृद्धाश्रम नजिक पेटीमा ४५ समिर मण्डल भन्ने पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल एकिन नाम, थर, वतन खुल्न सकेको छैन ।
पर्सा, बीरगन्ज महानगरपालिका-२५ खल्वाटोलस्थित पोखरीमा सोही स्थान बस्ने १७ वर्षीय अमित कुमार साह मंगलबार मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-५ धोङरहवास्थित बबई सिँचाई नहरको कुलोमा मंगलबार नवजात शिशु बालक मृत अवस्थामा फेला परेको छ । माछा मार्न प्रयोग गरिने ढडिया भित्र ती शिशुको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्