सिंहदरवारभित्र भेटिए कोरोना संक्रमित

काठमाडौं : मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कोरोना संक्रमित भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय देखि सम्पूर्ण मन्त्रालय, विभिन्न समितिहरु समेत रहने र मुलुककै उच्च व्यक्तिहरु रहने सिंहदरबारमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले सिंहदरबारभित्रनै भनेर घोषणा नगरेपनि मंगलवार थपिएका संक्रमितहरुमध्ये १ जना सिंहदरबारका रहेको खुलेको हो ।
मन्त्रालयका सुचना अधिकारी बाबु राज अधिकारीले मन्त्रालयमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्