आगलागीबाट धनमाल नष्ट
काठमाडौं,भाद्र २
सुनसरीको ईटहरी उपमहानगरपालिका-१३ स्थित पारस जैनको अरिहन्त पेपर मिलमा बिजुलीको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा कागज बनाउने कार्टुन जलेर करिब ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
कवाडी कार्टुन राखेको ठाउँमा विद्युतको वाइरिङ गर्ने क्रममा बिजुलीको तार सर्ट भई उक्त आगलागी भएको खुल्न आएको छ ।
चितवन, कालिका नगरपालिका-७ क्लब चोकमा भारत घर भएका ३५ वर्षीय नवल जैसवालले संचालन गरेको किराना पसलमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा पसलको विभिन्न सरसामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीमा परेर घाइते भएका उनका ११ वर्षीय छोरा निखिल जैसवालको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । स्थानीयवासी र दमकलको सहयोगमा स्थानीय प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्