बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्धारा ३० जिल्लामा सहयोग
काठमाडौ भदौ २
नेपाली कांग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि केन्द्रीय समितिका तर्फबाट प्रथम चरणमा ३० जिल्लामा सहयोग रकम पठाएको छ ।
बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पु(याउन नेपाली कांग्रेस केन्द्रीय समितिले ४५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
कांग्रेसले ‘स्नेहको सानो सहयोग’ का रुपमा १ लाख ५० हजार रुपैयाँका दरले पहिलो चरणमा ३० जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा रकम पठाइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले पहिलो चरणमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा सहयोग रकम पठाएको हो ।
साथै कांग्रेसले उद्वार र राहतको अभियानमा संलग्न विभिन्न तहका साथीहरूको उच्च सह्राना गर्दै मानवीय कर्ममा थप कृयाशिलताका लागि आग्रह गरेको छ । ‘कोरोनाको कहर छंदै थियो, बाढी–पहिरोले जनधनको क्षति गरेर हाम्रो पिडा माथि पिडा थपिएको छ । यस्तो समयमा मानवीय कर्तव्य निर्वाह गर्न हामी सबै आ–आफ्नो ठाउँबाट जुट्न जरुरी छ’, कांग्रेसले भनेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्