Techie IT
बिहीबार, कात्तिक १३,२०७७

लिदी पहिरोः मृतक २४


चौतारा, भदौ २
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पहिरामा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ । उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले राससलाई जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्