Techie IT
सोमबार, असोज १२,२०७७

नेपालमा थप १०१६ जनामा कोरोना संक्रमण, २८ हजार २ सय ५७ पुगे संक्रमित !


काठमाडौं,भदौ २
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ सय ३८ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ५० जना गरी काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड -१९ बाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्