Techie IT
बिहीबार, असोज ८,२०७७

सेयर बजारमा सुधारको क्रम जारी

पाँच अंकले बजार उकालो लाग्दा एक अर्ब २३ करोडको सेयर कारोवार


काठमाडौ, भदौ २
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक पाँच दसमलव ६८ अंकले उकालो लागेर १४ सय सात दसमलव ८९ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दसमलव २३ अंकले ओरालो लागेर दुई सय ८९ दसमलव ७७ अंकमा झरेको छ ।

यसदिन कुुल एक सय ८९ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार १६ हजार आठ सय वटा कारोवारमा ४१ लाख १४ हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २३ करोड ९० लाख १७ हजार चार सय २६ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन ।

जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक सहितका पाँच वटा समुहको सुचक ओरालो लागेकाछन भने निर्जिवन बीमा, जीवन बीमा सहितका सात वटा समुहको उकालो लागेकाछन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्