Techie IT
आईतबार, कात्तिक ९,२०७७

आगलागीबाट धनमाल नष्ट


काठमाडौं,भाद्र २

रौतहट, माधवनारायण नगरपालिका-७ कुश्वाहा टोल बस्ने सुखाडीलाल महतोको पसलमा सोमबार राति खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा पसलका विभिन्न सामानहरू जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगो निभाउने क्रममा जलेर घाइते भएका ७५ वर्षीय सुखाडी लाल महतो र उनकी श्रीमती ७० वर्षीया रम्कलीया देवीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ ।

पर्सा, सखुवाप्रसौनि गाउँपालिका-२ जमुनिया टोल बस्ने सिंहासन प्रसाद यादवको गोठघरमा लामखुट्टे धपाउनको लागि बालेको आगो सल्किन गई सोमबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको ना.१८ प ९४३८ नम्बरको मोटरसाइकल, लत्ताकपडा र अन्नपात जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका-१ काफलबुटा बस्ने मेघराज बिष्टको घरमा खाना पकाउने ग्यासको पाईप लिक भई सोमबार राति आगलागी हुँदा घर जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्