Techie IT
बिहीबार, कात्तिक ६,२०७७

लडेर मृत्यु


काठमाडौं,भाद्र २

कैलाली, गोदावरी नगरपालिका-५ स्थित निर्माणाधिन गेटा मेडिकल कलेजको चौथो तल्लाबाट लडेर कञ्चनपुर कृष्णपुर नगरपालिका-८ बस्ने २० वर्षीया मिना पालीको सोमबार मृत्यु भएको छ ।लडेर गम्भीर घाइते भएकी पालीको नर्सिङ अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, नगराईन नगरपालिका-२ स्थित बन्दै गरेको शौचालयको सेप्टिक ट्याङ्कीमा खसेर सोही स्थान बस्ने खेहरु बरई ठाकुरकी छोरी ५ वर्षीया राधा बरई ठाकुरको सोमबार मृत्यु भएको छ ।

यसैगरी, धनुषाधाम नगरपालिका-९ डाँडाटोलस्थित सार्वजनिक ईनारमा खसेर सोही स्थान बस्ने ३८ वर्षीय राम आशिष दासको सोमबार दिउँसो मृत्यु भएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्