Techie IT
१ असार २०७८, मंगलबार

मृतकका परिवारलाई आर्थिक सहयोग


सिन्धुपाल्चोक, भदौ २
जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई रु. एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । किरियाखर्चबापत प्रतिमृतक रु. २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु. २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरणमा उनसिहित जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार रु. एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले राससलाई बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्