Techie IT
आईतबार, मंसीर २१,२०७७

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं,भाद्र २

मोरङको बिराटनगर महानगरपालिका-१५ सूर्य बस्तीबाट अवैध लागूऔषध १० बोतल सफिटस(डी र ३९ चक्की एभिल सहित सोही महानगरपालिका-२ बस्ने २९ वर्षीय प्रणक शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट उक्त लागूऔषध लिई आइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पृथ्बी खड्का र सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय अनुराग मल्ल रहेका छन् । उक्त लागूऔषध र से.६ प ७८९ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कन्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने वस्तु करिब १० ग्राम ८ सय ३० मिलीग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले से.७ प १४०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कैलाली धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय अनमोल शाह र मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बस्ने २९ वर्षीय जयराज रानाको साथमा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्