Techie IT
१० कात्तिक २०७८, बुधबार

मलेसियामा जेल जीवन विताइरहेका १८ जना नेपाली सकुशल स्वदेश फिर्ता


काठमाडौँ
वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेर त्यहाँ जेल जीवन विताइरहेका १८ जना नेपाली सकुशल स्वदेश आइपुगेका छन।

नेपाली दूतावास, एनआरएनए मलेसिया र आइओएमको सहयोगमा उनीहरु नेपाल आएका हुन। एक साता अघि १२ जना, जनवरी ३० मा १ जना र विहीबार ३ जना गरी १८ जना नेपाली स्वदेश आइपुगेका थिए ।नेपाली दूतावास, एनआरएनए मलेसिया र आइओएमको लामोको पहलपछि बल्ल १८ जना नेपाली घर फर्कन पाएका छन,ु एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराइले भने, बाँकीहरुको लागि पनि पहल गरिराखेका छौं।ु उनका अनुसार मलेसियाको विभिन्न जेलमा अझै ८० जना नेपाली रहेका छन। बाँकी जेलमा रहेका कामदार स्वदश फर्काउन पहल गरेपनि उनीहरु कहिले नेपाल आइपुग्छन भन्ने टुंगो छैन एनआरएन मलेसियाले जनाएको छ । नेपाल फर्कन उनीहरुलाई हवाइ टिकटको आवश्यक पर्छ भने पिसिआर टेष्ट पनि गर्नु पर्ने हुन्छ। नेपाल आइपुगेका १८ जनालाई भने आइओएमले हवाइ टिकटको ब्यवस्था मिलाएको थियो। पिसिआर टेष्ट मलेसियन सरकार र अन्य व्यवस्थाहरु एनआरएनए मलेसियाले गरेको हो।

वैदेशिक रोजगारीमा गएकाहरु भनेको जस्तो काम नपाएपछि कम्पनीहरु परिवर्तन गर्न बाध्य हुन्छन। उनीहरु अवैधानिक रुपमा बस्न थाल्छन र यसरी अवैध रुपमा बसेपछि समयम समयमा प्रहरीले छापा मार्ने गर्छ । त्यही बखत पक्राउ परेका ८० जना नेपाली अहिले जेलमा रहेका छन। जेलमा परेका ति नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्नुको साथै मृत्‍यु भएका शबहरु पठाउने कामका साथै एनआरएनए मलेसियाले त्यहाँ अलपत्र परेका नेपालीहरुलाई पनि खाना र बस्ने व्यवस्था मिलाउँदै बिरामी भएकाहरु लाई उद्धार गरी नेपाल पठाउने काम गरी आइरहेको छ।

एनआरएनए मलेसियाले अलपत्र परेका नेपालीहरुलाईको उद्धार गर्न ५ जना स्वयमसेवक र कानुनी पराशर्म दातासमेत नियुक्त गरेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्