Techie IT
३० असोज २०७८, शनिबार

सहायक डीन ओझाको निधन


चितवन ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज शुक्रवार बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।

वि.सं. २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मिएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । राससका अनुसार ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उनलाई नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्