Techie IT
१० कात्तिक २०७८, बुधबार

आगलागीबाट विभिन्न धनमाल नष्ट


काठमाडौं ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाही बस्ने भोलु चौधरी र रामेश्वर चौधरीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर, अन्नपात, लताकपडा, सुन र नगद समेत जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, मिथिला बिहारी नगरपालिका-१० बस्ने रामशिस खत्वे मण्डलको घरमा बिहीबार राति आगलागी हुँदा प्रदेश २-०१-००२ प ५१६४ र ना ५ प ७१४२ नम्बरको मोटरसाइकल, नगद तथा लत्ताकपाडा समेत जलेर करिब ७ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्