Techie IT
१० कात्तिक २०७८, बुधबार

तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ


पोखरा ।
कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्