Techie IT
१० कात्तिक २०७८, बुधबार

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित पक्राउ


काठमाडौं ।
काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्