Techie IT
१० कात्तिक २०७८, बुधबार

हत्या गरेको अभियोगमा पक्राउ


सिन्धुली ।
आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका(३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्