Techie IT
१० कात्तिक २०७८, बुधबार

भरुवा बन्दुक सहित पक्राउ


सिरहा ।
लहान नगरपालिका-२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित धनगढीमाई नगरपालिका(१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियार सहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्