Techie IT
१० कात्तिक २०७८, बुधबार

स्कुटर पल्टिदा चालक घाइते


काठमाडौं ।
काठमाडौंको काठमाडौं महानगरपालिका ३२ नरेफाँटमा हिजो बेलुकी स्कुटर पल्टिदा चालक घाइते भएका छन् ।

घाइते हुनेमा झापाको लखनपुर घर भई काठमाडौंको जडीबुटी बस्दै आएका २९ वर्षीय अशोक अधिकारी रहेका छन् । नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा घाइते अधिकारीको उपचार भइरहेको छ ।हिजो बेलुकी साढे ८ बजे प्रदेश नम्बर ३ ०२ ०१८ प ०४४१ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्