Techie IT
१० कात्तिक २०७८, बुधबार

ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु


सर्लाही ।
सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरमा हिजो साँझ ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको भारतिय नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको भारतिय नम्बरको ट्याक्टर हिजो साँझ साढे ७ बजे आपसमा ठोकिएका हुन् । गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४९ वर्षीया ईन्द्राशनी देवी यादवको जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय रुपेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्