Techie IT
१० कात्तिक २०७८, बुधबार

रेडक्रसको विधान संशोधन कार्यशाला सातै प्रदेशमा सम्पन्न


धनगढी, माघ २२,

बुधबार धनगढीमा आयोजित सूदूरपश्चिम प्रदेश स्तरीय विधान संशोधन सुझाव संकलन कार्यशालासँगै नेपाल रेडक्रस सोसाइटीको विधान संसोधनका प्रदेश स्तरीय कार्यशाला गोष्टीको श्रृंखला सम्पन्न भएको छ ।
रेडक्रसले सातवटै प्रदेशमा सुरु गरेको विधान संशोधन सम्बन्धी छलफल अभियान सफलतापूर्वक सम्पन्न भएको उपकार्यकारी निर्देशक सुदर्शन अधिकारीले बताउनु भएको हो । यस अघि विराटनगर, महोत्तरी, काठमाडौँ, कास्की पोखरा, बुटवल र सुर्खेतमा
यस्ता कार्यशाला सम्पन्न भएका थिए ।

बुधबार धनगढीमा आयोजित सूदूरपश्चिम प्रदेश स्तरीय विधान संशोधन सुझाव संकलन कार्यशालामा प्रदेशका सवै ९ वटै जिल्लाका प्रतिनिधिहरुले उपस्थित भई छलफल गरेका थिए । कार्यक्रमको अध्यक्षता गर्दै नेरेसो अध्यक्ष  डा. नेत्रप्रसाद तिमिम्सिनाले  भन्नुभयो : ‘संस्थाको विधानलाई संशोधन गर्नेु अहिलेको प्रमुख आवश्यकता रहेको छ ।‘ उहाँले रेडक्रसका अन्ततराष्ट्रिय संस्थाहरुले पनि विधान संशोधन गरी अन्ततराष्ट्रिय मापदण्ड अनुरुप बनाउन सुझाव दिइरहेकोले   विधान संशोधन पश्चात संस्थाका विभिन्न तहहरुको  निवार्चन सान्दर्भिक हुने बताउनु भयो ।

प्रमुख अतिथिका समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खातीले अभिलेख, प्रमाणहरु जुटाएर संस्थाको नविकरण गरी
जतिसक्दो चाँडो वैधानिकतालाई दह्रो बनाउन सुझाव दिनुभयो ।गोष्ठीमा रेडक्रसको अन्ततराष्ट्रिय समिति (आइसीआरसी) का नेपालका कार्यालयका सञ्चार प्रमुख कृष्णचन्द्र चालिसे, रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) का नेपाल प्रतिनिधि अजमद उल्लाह,
रणनीतिक परिवर्तन संयोजक मुकेश कुमार सिह, सीएमसीका प्रमेश पौडेल, नेरेसो केन्द्रीय तदर्थ समितिका महामन्त्री पीताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उपमहामन्त्री दिपेन्द्रराज ढकाल, उपकोषाध्यक्ष होम पाठक सहभागिता रहेका छन् ।

त्यस्तै गरि  विधान मस्यौदा समिति संयोजक तथा केन्द्रीय सदस्य अरुण खनाल, केन्द्रीय सदस्य तथा विधान मस्यौदा समिति सदस्यहरु : लोकराज ढकाल, खेमराज केसी, जीवन राना, उद्धव भट्टराइ, नेरेसो लुम्बिनी प्रदेश अध्यक्ष शम्भु पोखरेल, सुदूरपश्चिम प्रदेश अध्यक्ष केशवदत्त पन्त लगायतको सहभागिता रहेको विधान सुझाव संकलन समितिका सदस्य सचिव कृष्ण घिमिरेले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्