Techie IT
१० कात्तिक २०७८, बुधबार

चाक्सीबारीमा कांग्रेसको आकस्मिक बैठक


काठमान्डौ । नेपाली कांग्रेसका दोस्रो पुस्ताका प्रभाबसाली नेताहरुले बिहिबार सिंह निवास चाक्सीबारीमा भेला भयर मुलुकको बर्तमान राजनीतिक जटिल परिस्थितिबाट मुलुकलाई निकास दिन नेपाली कांग्रेसले नेतृत्व लिने बिषयमा विचार विमर्श गरेका छन् । नेकपाको सत्तारुड समुहसग असन्तुस्ट समुहले आह्वान गरेको आम हड्तालको समय अपरान्ह ५ बजे सकियलगत्तै नेपाली कांग्रेसका युवानेताहरू चाक्सीबारीमा एकाएक भेला भयका थिय ।

सर्बमान्य नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको आह्वान पनि त्यहि घरबाट गर्नुभयको थियो । त्यहि एतिहासिक घर चाक्सीबारीमा सर्बमान्य नेता संघका पुत्र प्रकाशमान सिंहले बिहीबारको बैठक बोलाउनु भयको थियो ।

नेकपाको दुइतिहाई बहुमतको सरकारले मुलुक सन्चालन गर्न नसकेको निस्कर्ष निकाल्दै युवानेताहरुको बैठकले कांग्रेसले नेतृत्व लिने निस्कर्ष निकालेको हो ।

उक्त बैठकमा प्रकाशमान सिंहको अलवा महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्