Techie IT
१० कात्तिक २०७८, बुधबार

शोकमा गाउँपालिका मातहतका कार्यालय आज बन्द


मुग्लिन ।
चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं. ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बिहीवार बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले राससलाई जानकारी दिइन् ।

कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मङ्गलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उनका श्रीमती र एक छोरी छन् । रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्