Techie IT
१० कात्तिक २०७८, बुधबार

आगलागीबाट करिब १ करोड ४२ लाख बराबरको धनमाल नष्ट


काठमाडौं ।

रौतहटको गौर नगरपालिका-३ मजकुटिया बस्ने ७८ वर्षीया शारदा देवीको आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगलागीबाट गम्भीर घाइते भएकी उनको गौर अस्पताल हुँदै नारायणी क्षेत्रीय अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० स्थित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ बस्ने नबिन श्रेष्ठको सत्यसाई कपास फ्याक्ट्रीमा बुधबार राति आगलागी भएको छ । उक्त फ्याक्ट्रीको मेसिनमा जडान गरेको विद्युत सर्ट भई आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मोटर लगायतका मेसिनहरु र गार्मेन्टबाट ल्याइएका कपडाका टुक्राहरु जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

कास्कीको माछापुछ्रे गाउँपालिका-८ ल्वाङ बस्ने होम बहादुर गुरुङको भान्सा कोठामा ग्याँसको पाईपमा आगो सल्केर बुधबार दिउँसो आगलागी हुँदा भान्सा घर, भाडावर्तन, अन्नपात लगायतका सामान जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित नन्दन घ्यु उद्योगको तेल उमाल्ने प्लान्टमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा ३ सेट मेसिन र कन्ट्रोल रुम समेत जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका-२ चैतुबारी लालमाटीस्थित अर्जुनधारा नगरपालिका-८ बस्ने नबिन घतानीको श्याम फुड एण्ड बेवरेज प्रालि फ्याक्ट्रीमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । क्षतिको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।स्थानीयबासी र दमकलको सहयोगमा आगोलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्