Techie IT
१० कात्तिक २०७८, बुधबार

चार जना मृत अवस्थामा फेला


काठमाडौं ।

कैलालीको गौरीगंगा नगरपालिका-२ महुन्याल टोल जब्दास्थित गोठको आँगनमा सोही ठाउँ बस्ने ७० वर्षीय रङ्गे औजी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित ठुली ब्रम्हायणी मन्दिरमा सोही पाटी बाहिर बस्दै आएका हाल वतन र उमेर नखुलेको शंकर दास बुधबार मृत अवस्थामा फेला परेका छन् ।सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरस्थित लखनदेही खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-७ मादनकुडारीस्थित खार्पा भिरको बाटोदेखि करिब ५० मिटर तल सोही गाउँपालिका-५ ढोकेडाँडा बस्ने ५९ वर्षीय नरहरी गौतम बुधबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्